Kathmandu Press

भ्रष्टाचारका मुद्दामा पूर्व सुनुवाइको अभ्यास गर्दै विशेष अदालत

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यही असार १३ गतेदेखि पूर्व सुनुवाईको अभ्यास गर्ने भएको छ।
भ्रष्टाचारका मुद्दामा पूर्व सुनुवाइको अभ्यास गर्दै विशेष अदालत

काठमाडौं, असार ३ : विशेष अदालतले भ्रष्टाचार मुद्दा दर्ता भएपछि नियमित सुनुवाइ सुरु गर्नुअगावै पूर्व सुनुवाइको अभ्यास शुरु गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यही असार १३ गतेदेखि पूर्व सुनुवाईको अभ्यास गर्ने भएको छ।

Hardik ivf

मेलम्ची खानेपानी आयोजना सम्वन्धी भ्रष्टाचार प्रकरणमा अदालतले मुद्दाको विषयवस्तुको गम्भीरता मध्यनजर गरी पूर्व सुनुवाइ छलफल गर्न उपयुक्त देखिएको बताउँदै १३ गतेका लागि पक्षविपक्षलाई डाकेको छ।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले गत बर्ष तीन पूर्वसचिव सहित १५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त मुद्दाका आरोपितहरु हाजिर भएपछि विशेष अदालतले पूर्व सुनुवाइका लागि छलफल हुने भन्दै पेशी तय गरेको हो। सुनुवाइअघि दुवै पक्षलाई बोलाएर मुद्दाको वास्तविक विषयवस्तुबारे छलफल गरिने जनाइएको छ।

अहिलेसम्मको परिपाटी अदालतहरुमा अभियुक्तको बयान सकिएपछि साक्षी बुझ्ने र कागजात मगाउने अभ्यास रहेको छ । पूर्व सुनुवाइको छलफलमा मुद्दाका पक्षविपक्षका कानुन व्यवसायीबीच छलफलबाट मुद्दामा निरुपण गर्नुपर्ने प्रश्नहरु तय भई वहशको तयारी हुने जनाइएको छ।

पूर्व सुनुवाईको अभ्यास क्रमशः अन्य मुद्दाहरुमा पनि लागू गर्दै जाने तयारीमा विशेष अदालत छ। उक्त विधिबाट छिटोछरितो मुद्दाको टुंगो लगाउन सकिने अपेक्षा अदालतको छ।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्