Kathmandu Press

एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने अध्यक्ष नेपालको उद्घोष

‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादलाई झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो, नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी,’ उनले भने, ‘समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं। त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौं।’
एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने अध्यक्ष नेपालको उद्घोष

काठमाडौं, असार ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने बताएका छन्।

सोमबार अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रममा उनले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्नेगरी काम गर्ने दाबी गरे।

Hardik ivf

‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादलाई झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो, नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी,’ उनले भने, ‘समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं। त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौं।’

उनले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने बताउँदै महाधिवेशनबाट नै नेकपा एस पहिलो पार्टी बन्ने बताए। यो सबैको सामूहिकताबाट मात्रै सम्भव हुने उनले बताए।

उनले नेपाली समाजको रुपान्तरणका लागि वर्तमान निर्वाचन प्रणाली र संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए। अहिलेको व्यवस्थामा पनि महिलामाथिको हिंसा र दलितमाथिको अत्याचार पीडादायी रहेको भन्दै सुधार गर्न जरुरी रहेको उनको भनाई छ।

उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने बताए।

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्