Kathmandu Press

शिरानटेकले समाचार डिलिट गरेको स्वीकार गर्दै माफी माग्यो

काठमाडौं, चैत २१ : शिरान टेक्नोलोजिज्ले काठमाडौं प्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका ....

शिरानटेकले समाचार डिलिट गरेको स्वीकार गर्दै माफी माग्यो

काठमाडौं, चैत २१ : शिरान टेक्नोलोजिज्ले काठमाडौं प्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु चीनबाट खरिद गरिएका मेडिकल सामग्रीमा संलग्न रहेको भन्ने समाचार आफूले डिलिट गरेको स्वीकार गरेको छ। 

बिहीबार राति काठमाडौं प्रेसलाई उक्त कम्पनीले समाचार डिलिट गरेको स्वीकार गर्दै माफी मागेको पत्र पठाएको छ। पत्रमा भनिएको छ, 'काठमाडौं प्रेस डटकम न्यूज पोर्टलमा चैत १८ गते प्रकासित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकाशित समाचार चैत १९ गते केही समयका लागि यसको वेबसाइटबाट हटेको अनपेक्षित घटनाप्रति हामी सिरान टेक्नोलोजीज प्रा.लि. माफी माग्न चाहन्छौं।'

शिरानले देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टिम अहिले 'वर्क फ्रम होम'बाट काम गरिरहेको छ। अहिलेको यो विषम परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रादन हुँदा गम्भीर त्रुटि हुन गएको जनाएको छ। 

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, चैत २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्