प्रधानमन्त्री भन्छन्– आइजिपी फेर्ने कुरा हल्ला मात्रै हो
‘मैले अस्ति मात्रै तीनै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ उनले भने, ‘त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ, कसैलाई फेर्ने हल्ला मात्रै हो।’
चितवन, असार ३ : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी प्रमुख बदल्ने कुरा हल्ला मात्रै रहेकोबताएका छन्।
नेपाल प्रहरीका महानिरिक्षक वसन्त कुँवरलाई हटाएर नयाँ ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
सोमबार चितवन पुगेका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आइजिपी फेर्ने कुरा हल्ला मात्रै भएको बताए। उनले केही दिनअघि तीनै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको पनि बताए।
सुरक्षा प्रमुखहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएको जानकारी समेत उाले दए।
‘मैले अस्ति मात्रै तीनै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ उनले भने, ‘त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ, कसैलाई फेर्ने हल्ला मात्रै हो।’
उनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समग्रमा सन्तोषजनक रहेको पनि बताएका छन। उनले सरकारको काम सन्तोषजनक रहेको दाबी समेत गरे।
‘राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता ठानेको छु’, उनले भने।