६ किलो सुनहित पक्राउ परेका व्यक्तिको कोठाबाट नेपाली नागरिकता बरामद
६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको पनि खोजी गर्नेक्रममा शेरब ग्याल्मो भनिने सोनाम गुरूङ पक्राउ परेका थिए।-1718612079.jpg)
काठमाडौं, असार ३ : ६ किलो सुन र ४८ लाख नगदसहित सोमबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक व्यक्तिलाई पक्राउ ग¥यो। पक्राउ परेपछि सोनाम गुरुङ नाम गरेका ती व्यक्तिले आफू चिनियाँ नागरिक भएको बताएका थिए।
तर, सिआईबीले उनको कोठाबाट नेपाली नागरिकता बरामद गरेको छ। नागरिकता नै बरामत भएपछि उनी नेपाली नै भएकाे आशंका गरिएको छ।
६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको पनि खोजी गर्नेक्रममा शेरब ग्याल्मो भनिने सोनाम गुरूङ पक्राउ परेका थिए।
उनी काठमाडौं महानगरपालिका वडा नम्बर, ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्दै आएको खुलेको छ।
प्रकाशित मिति: १४:०१ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











