Kathmandu Press

आन्दोलनरत कर्मचारीका मागमा सभामुख घिमिरे र सचेतकबीच छलफल

संघीय संसद सचिवालयका कर्मचारीको सुरु गरको आन्दोलनलाई लिएर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
आन्दोलनरत कर्मचारीका मागमा सभामुख घिमिरे र सचेतकबीच छलफल
फाइल तस्बिर।

काठमाडौं, असार ३ : ११ बुंदे माग राखेर संघीय संसद सचिवालयका कर्मचारीको सुरु गरको आन्दोलनलाई लिएर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

अहिले राज्य व्यवस्था तथा सुशासन समितिको हलमा बसेको बैठकमा कर्मचारीका आन्दोलनबारे छलफल भइरहेको छ।

Hardik ivf

संघीय संसद सचिवालय कर्मचारी युनियनका तर्फबाट ११ बुँदे माग राखेर कर्मचारीहरू जेठ मसान्तदेखि आन्दोलनमा छन्। उनीहरुले अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतका माग राखेका छन्।

संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८० साउन १८ गतेको निर्णयानुसार गठित समितिहरुले पेस गरेका प्रतिवेदनहरु आवश्यक परिमार्जनसहित यस आवभित्रै स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।

संघीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति र उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने जस्ता माग उनीहरुको छ।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्