६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
‘काठमाडौंबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने।
काठमाडौं, असार ३ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेको सिआबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए।
‘काठमाडौंबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने।
पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सिआइबीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको बताइएको छ।
प्रकाशित मिति: १२:३६ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार