Kathmandu Press

एकपटकको नेपाली सधैंलाई नेपाली : राष्ट्रपति पौडेल

‘एक पकटको नेपाली सधैँलाई नेपाली हो। जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन तपाईहरुको भूमिका रहनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।
एकपटकको नेपाली सधैंलाई नेपाली : राष्ट्रपति पौडेल

काठमाडाैं, असार ३ : राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन्।

जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गरे।

Hardik ivf

कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र बर्लिनस्थित नेपालीहरु सहभागी थिए।

‘एक पकटको नेपाली सधैँलाई नेपाली हो। जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन तपाईहरुको भूमिका रहनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने। श्रम र सामाजिक न्यायका लागि आफूले विश्व समुदायलाई अपिल गरिरहेको उनले बताए।

राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत स्वागत गरेका थिए।

राजदूत खड्काले जर्मन  नेपालबीच लामो  समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक  पक्षबारे जानकारी गराएका थिए । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएका थिए।

सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरेका थिए।

आज राष्ट्रपति पौडेलले समकक्षी जर्मनीका राष्ट्रपति डा. फरयाङक वाल्टर स्टाइनमेयरबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम छ।

प्रकाशित मिति: ११:१४ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्