Kathmandu Press

कोरोना भाइरसबाट भारतमा २४ घण्टामा १४ जनाले ज्यान गुमाए

काठमाडौं, चैत्र २१ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा....

कोरोना भाइरसबाट भारतमा २४ घण्टामा १४ जनाले ज्यान गुमाए

काठमाडौं, चैत्र २१ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा एकैदिन ५ सय ४५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ५४३ पुगेको छ ।

संक्रमितमध्ये १९१ जना उपचारपछि निको भएका छन् । २ हजार २८० जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्