राष्ट्रपति पौडेलद्वारा जलवायु अनुसन्धान केन्द्रहरूको अवलोकन
जर्मनीको पोट्सडामका ती संस्थाहरूको अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई वैज्ञानिकहरुले जलवायु परिवर्तनको असरहरुका बारेमा जानकारी गराउँदै विकसित राष्ट्रहरुले तत्काल गर्नुपर्ने समााधानका उपायबारे सुझाउन आग्रह गरे।(1)-1718549678.jpg)
काठमाडौं, असार २ : राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्।
जर्मनीको पोट्सडामका ती संस्थाहरूको अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई वैज्ञानिकहरुले जलवायु परिवर्तनको असरहरुका बारेमा जानकारी गराउँदै विकसित राष्ट्रहरुले तत्काल गर्नुपर्ने समााधानका उपायबारे सुझाउन आग्रह गरे।
‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो। तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ। तर अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो,’ राष्ट्रपति पौडेलको भने।
जीएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फÞर सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा. महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा सो अवसरमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।