Kathmandu Press

माफद्वारा आयोजित वादविवादमा जगत मन्दिर पहिलो

म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा बानेश्वरस्थित पिस प्वाइन्ट विद्यालयमा आइतबार सम्पन्न प्रतियोगितामा जगत मन्दिर प्रथम हुन सफल भएको हो।
माफद्वारा आयोजित वादविवादमा जगत मन्दिर पहिलो

काठमाडौं, असार २ : अन्तरविद्यालय वादविवाद प्रतियोगितामा चाबहिलस्थित जगत मन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ। म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा बानेश्वरस्थित पिस प्वाइन्ट विद्यालयमा आइतबार सम्पन्न प्रतियोगितामा जगत मन्दिर प्रथम हुन सफल भएको हो।

‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार वेश’ भन्ने विषयमा भएको प्रतियोगितामा जगत मन्दिरकी सुलक्ष्या पौडेल प्रथम भएकी छिन् । त्यसैगरी रिभेरा एकेडेमीका प्रयास दवाडीले द्वितीय स्थान हासिल गरेका छन् भने लाइसियमकी रुक्मिणी गिरीले तृतीय स्थान हासिल गरेकी छिन् । प्रतियोगितामा प्रस्फुटन एकेडेमीकी अनुष्का खनाल र स्वयम्भूस्थित न्यु अरुणोदय माविकी विवशा बाँस्तोलाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

Hardik ivf

बौद्धिक पयालन भइरहेको र जनशक्ति अभावले देशका कृषि, औद्योगिकलगायत उत्पादनमूलक क्षेत्र ठप्प भइरहेको बेला ‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार वेश’ जस्तो समयसापेक्ष शीर्षकमा प्रतियोगिता गराएको भन्दै जगत मन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल राजन आचार्यले माफलाई धन्यवाद प्रदान गरे ।

‘वादे वादे जायते तत्व बोधः’ अर्थात् तार्किक क्षमता वृद्धि गर्ने वादविवाद कार्यक्रमले वास्तविक ज्ञानको बोध हुने भन्दै उनले बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ताखाले ज्ञानवद्र्धक कार्यक्रम अतिउपयोगी हुने धारणा राखे।

‘बत्तीमा पुतली होमिएझैं आफ्ना आफन्त वैदेशिक रोजगारमा होमिइरहेको बेला भावी पुस्तालाई सचेत बनाउन यस्ताखाले कार्यक्रम सान्दर्भिक हुनुका साथै यो एउटा सचेतना अभियान पनि हो,’ उनले भने ।

विभिन्न निजी विद्यालयहरूको छाता संगठन माफमा १६ विद्यालय संलग्न छन्। जसले आफ्ना सदस्य विद्यालयहरूबीच अतिरिक्त क्रियाकलाप वा प्रतियोगिता निरन्तर सञ्चालन गर्दैे आइरहेको छ।

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्