Kathmandu Press

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि परिषद् बैठक

परिषद् बैठकमा विभिन्न ५ वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको एजेण्डामा छलफल हुरु भएको जनाइएको छ।
संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि परिषद् बैठक
फाइल तस्बिर।

काठमाडौं, असार २ : विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको छ।

परिषद् बैठकमा विभिन्न ५ वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको एजेण्डामा छलफल हुरु भएको जनाइएको छ।

Hardik ivf

परिषद् बैठक बस्नुअघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेट भएको थियो।

संवैधानिक परिषदले निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा रिक्त सदस्य नियुक्तिको तयारी गरेको छ । परिषद् पदाधिकारीविच अहिले छलफल चलिरहेको छ ।

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्