Kathmandu Press

न्यायाधीश राउत परिषद् सदस्य नियुक्त

यसअघि परिषद् सदस्य रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा.आनन्दमोहन भट्टराईले असार १ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाश लिएपछि रिक्त पदमा राउतलाई नियुक्त गरिएको हो।
न्यायाधीश राउत परिषद् सदस्य नियुक्त

काठमाडौं, असर २ : सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमानसिंह राउत रिक्त न्यायपरिषद्को सदस्य नियुक्त भएका छन्।

यसअघि परिषद् सदस्य रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा.आनन्दमोहन भट्टराईले असार १ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाश लिएपछि रिक्त पदमा राउतलाई नियुक्त गरिएको हो।

Hardik ivf

परिषद् अध्यक्ष रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राउतलाई आइतबार परिषद् सदस्यमा नियुक्त गरेका हुन्।

परिषद सदस्य बनेका राउत २०७३ सालमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए। आगामी १९ असोजमा प्रधानन्यायाधीश श्रेष्ठ उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि राउत प्रधानन्यायाधीश बन्ने लाइनमा छन्।

 

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, असार २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्