जर्मनीमा एकैदिन ६ हजार ८१३ नयाँ संक्रमित
काठमाडौं, चैत्र २१ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा १७६ जनाले ज....

काठमाडौं, चैत्र २१ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा १७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १०७ पुगेको छ ।
जर्मनीमा एकैदिन ६ हजार ८१३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८४ हजार ७९४ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक जर्मनीमा पनि तीव्र देखिएको छ ।
जर्मनीमा संक्रमितमध्ये २२ हजार ४४० जना उपचारपछि निको भएका छन् । ३ हजार ९३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २२ हजार ४४० जना उपचाररत छन् ।
प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

