घीयताले मुलुकलाई दुर्गतितिर लग्यो : चित्रबहादुर केसी
उनले नौ वर्षको व्यावहारिक अनुभवबाट मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्त्व संघीयता भएको स्पष्ट पारेको बताए।
काठमाडौं, असार २ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितिर लगिरहेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उनले नौ वर्षको व्यावहारिक अनुभवबाट मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्त्व संघीयता भएको स्पष्ट पारेको बताए।
अध्यक्ष केसीले शासकको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका निम्ति संघीयता पासो बनेको बताए। संघीयताका नाममा विश्व बैंकलगायत निकायबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा आफूहरुलाई मान्य नभएको उनले बताए।
अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताए ।
प्रकाशित मिति: १६:०१ बजे, आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











