हतियार देखाएर चितवनमा सुनचाँदी लुटपाट
स्थानीय बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा हतियार देखाएर राति ८ बजेतिर लुटपाट भएको प्रहरीले जनाएको छ।
चितवन, असार २ : चितवनको कालिका नगरपालिका, खोलेसिमल बजारमा शतिबार राती सुनचाँदी पसलमा लुटपाट गरिएको छ।
स्थानीय बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा हतियार देखाएर राति ८ बजेतिर लुटपाट भएको प्रहरीले जनाएको छ।
लुटेरा समूहले पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैयाँ चोरी गरेको छ। प्रहरीले पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको हुनसक्ने आशंका गरेको छ।
लुटपाटको बिषयमा अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ। सुनचाँदी लुटपाट गर्ने लुटेरा समूहले सीसीटीभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको छ।
प्रकाशित मिति: १३:०९ बजे, आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार