Kathmandu Press

९५ करोड अपचलन आरोपमा कृषि विकास सहकारीका अध्यक्ष थापा पक्राउ

सहकारीको कुल दुई अर्ब ८० करोड रुपैयाँमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको दाबी उजुरीमा छ। थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेको प्रहरीले जनाएको छ।
९५ करोड अपचलन आरोपमा कृषि विकास सहकारीका अध्यक्ष थापा पक्राउ

काठमाडौं, असार २ : ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको आइतबार टोलीले थापालाई पक्राउ गरेको हो। सहकारी अध्यक्ष थापासहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको भन्दै पीडितले उजुरी दिएको थियो।

Hardik ivf

सहकारीको कुल दुई अर्ब ८० करोड रुपैयाँमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको दाबी उजुरीमा छ। थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको छ।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्