Kathmandu Press

स्कटल्यान्ड अस्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्ड सुपर ८मा

समूह बीबाट इंग्ल्यान्ड स्कटल्यान्डलाई रनरेटमा पछि पार्दै उपविजेताका रुपमा सुपर ८ पुगेको हो। दुवैको समान ५अंक छ। यता, अस्ट्रेलिया भने लागतार चौथो जित निकाल्दै समूह विजेता बन्यो।
स्कटल्यान्ड अस्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्ड सुपर ८मा

काठमाडाैं, असार २ : डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड जारी टि–२० विश्वकपको सुपर ८मा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा एशोसिएट् राष्ट्र स्कटल्यान्ड अस्ट्रेलियासँग पराजित भएपछि इंग्ल्यान्डको भाग्य खुलेको हो।

समूह बीबाट इंग्ल्यान्ड स्कटल्यान्डलाई रनरेटमा पछि पार्दै उपविजेताका रुपमा सुपर ८ पुगेको हो। दुवैको समान ५अंक छ। यता, अस्ट्रेलिया भने लागतार चौथो जित निकाल्दै समूह विजेता बन्यो।

ग्रस आइसलेटमा स्कटल्यान्डले दिएको १८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि ओपनर त्रविस हेडले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ५ चौका र ४छक्का प्रहार गरे।

Hardik ivf

यस्तै, मार्कस स्टोइनिस २९ बलमा ९ चौका र ३ छक्का मद्दतमा ५९ रनको विस्फोटक इनिङ खेले। ८.२ ओभर ६०–३को दबाबपूर्ण अवस्थाबाट स्टोइनिस र हेडले ४४ बलमा ८०को विस्फोटक साझेदारी गर्दै टिमलाई जित दिलाए। टिम डेभिडले १४ बलमा २४ रन बनाए।

बलिङमा स्कटल्यान्डका मार्क वाट र सफ्यान सरिफले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटकै क्षतिमा १८० रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६० रन बनाए भने कप्तान रिचि बेरिङ्टनले ३१ बलमा ४१ रन बनाए।

यस्तै, ओपनर जर्ज मुन्सीले २३ बलमा २ चौका र ३ छक्का मद्दतमा ३५ रन बनाए। मुन्सी र म्याकमुलेनले दोस्रो विकेटका लागि ४८ बलमा ८९ रनको साझेदारी गरेका थिए। यस्तै, म्याथ्यु क्रसले ११ बलमा १८ रन बनाए।

बलिङमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २ तथा एस्टन अगर, एठम जाम्पा र नाथन इलिसले समान १ विकेट लिए।

त्यसअघि यही समूहको अर्को वर्षा प्रभाविन खेलमा इंग्ल्यान्डले नामिबियामाथि ४१ रनको फराकिलो अन्तरले हरायो। १० ओभरमा झारिएको खेलमा इंग्ल्याान्डले दिएको १२३ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले ३ विकेटको क्षतिमा ८४र न मात्र बनाउन सक्यो।

सुरुआती २ खेल हारेको इंग्ल्यान्डले पछिल्ला २ खेलमा एसोसिएट् राष्ट्रमाथि फारकिलो जित निकाल्दै रनरेटमा उल्लेख्य सुधार गरेको थियो। त्यसको फाइलन पनि उसलाई भयो।

प्रकाशित मिति: १०:४४ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्