कोरोना उपचार कोषमा आयल निगमले जम्मा गरिदियो ५० करोड रुपैयाँ
काठमाडौं, चैत २० : नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ।
निगम सञ्चालक समितिले बसेको....

काठमाडौं, चैत २० : नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ।
निगम सञ्चालक समितिले बसेको बैठकले उक्त कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बिहीबार हस्तान्तरण गरिएको छ।
निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन पनि सबैलाई अपील गरेको छ।
प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











