Kathmandu Press

अफगानिस्तान सुपर ८मा पुग्दा न्युजिल्यान्ड २ खेल अगावै बाहिरियो

प्रतियोगितामा लागतार तेस्रो जित निकाल्दै क्रममा अफगानिस्तानले शुक्रबार बिहान पपुवा न्युगिनीलाई ७ विकेटले हरायो।
अफगानिस्तान सुपर ८मा पुग्दा न्युजिल्यान्ड २ खेल अगावै बाहिरियो

काठमाडाैं, जेठ ३२ : जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको अफगानिस्तान लागतार तेस्रो जित निकाल्दै सुपर ८मा प्रवेश गरेको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्दै क्रममा अफगानिस्तानले शुक्रबार बिहान पपुवा न्युगिनीलाई ७ विकेटले हरायो।

अफगानिस्तान सुपर ८मा पुग्दा उपाधि दाबेदार मानिएको न्युजिल्यान्ड २ खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समूह सीबाट ४ खेलमा लागतार ३ जित निकालेका वेस्टइन्डिज र अफगानिस्तान सुपर ८मा पुगेका छन्।

Hardik ivf

न्युजिल्यान्डले सुरुआती दुवै खेल हारेको थियो। अफगानिस्तान र वेस्टइन्डिजसँग पराजित भएको थियो। अब उसले केन्या र पिएनजीसँग खेल्न बाँकी छ।

९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा ३ विकेटको क्षतिम भेट्टायो । उसका लागि गुल्बाद्दिन नइब ३६ बलमा नटआउट ४९ रन बनाउँदा मोहम्मद नाबीले १६ रन बनाए।

पिएनजीका एली नाओ, सेमो कामेइ, र नर्मन भानुअले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पिएनजी १९.५ ओभरमा ९५ रनमै अलआउट भयो। उसका लागि ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाए। किप्लिन डोरिगाले सर्वाधिक २७ रन बनाउँदा नाओले १३ र टोनी उराले ११ रन बनाए।

पिएनजीको इनिङ धरासायी बनाउने क्रममा फजलहक फारुकीले ३ तथा नविन उलहकले २ विकेट लिए। फारुकीले जारी फारुकी जारी प्रतियोगितामा ३ खेलमा १२ विकेट लिएका छन्।

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्