कांग्रेस प्रवक्ता शर्माको प्रधानमन्त्रीलाई प्रेमपत्र- थोकमा मृत्यु हेर्ने कि एक-एकलाई जोगाउने ?
काठमाडौं, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोगथाम तथा नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई पुनः आ....

काठमाडौं, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोगथाम तथा नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई पुनः आग्रह गरेको छ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेमपत्र लेख्दै प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना नियन्त्रणबारे चीनको सफलता तथा इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिएर गम्भीर भएर अघि बढ्न आग्रह गरेका हुन्। प्रवक्ता शर्माले भनेका छन्, ‘ हामी थप चुक्यौं भने भीषण स्थिति ब्यहोर्नेछौं ,सही ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं।’
थोकमा मृत्यु हेर्ने कि एकएकलाई जोगाउने? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा गम्भीर प्रश्न बन्न पुगेको शर्माले उल्लेख गरेका छन्। शर्माले हालसम्मको प्रगति र कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर कमजोरी अन्त्य गर्दै अब पछिल्लो कदम निकै व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई आग्रह पनि गरका छन्।
प्रवक्ता शर्माले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका विषयमा पनि प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन्।
‘सरकार ,प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रती नागरिकको असन्तोषलाई न्यून गर्ने अवसर पनि हो,’ उनले भनेका छन्,‘ तर नागरिक पंक्तिबाट जब (कात्रोमा पनि कमिसन ? भनेर प्रश्न आउँछ ,तब हामी नाजवाफ बन्छौं।’ उनले अनियमितता ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने वा सिंगो देशको आग्रह सुनेर निश्चित आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई सघाउने भन्ने दुई विकल्प प्रधानमन्त्री ओलीलाई सुझाएका छन्।
हेर्नुस् शर्माले प्रधानमन्त्रीलाई लेखेको प्रेमपत्र :











