Kathmandu Press

सरकारको कोरोना रोकथाम कोषमा सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं, चैत २० : नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग ....

सरकारको कोरोना रोकथाम कोषमा सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं, चैत २० : नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरुले पनि सहयोग उपलब्ध गराउन लागेको बताए। 

मानवीय सङ्कट आउन नदिन र  दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले खाद्य सामग्री अभाव हुन नदिन महासङ्घले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराएको महासंघले जनाएको छ। महासंघले विपतको घडिमा अहोरात्र खटेर साथ दिने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष धन्यवाद दिएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, चैत २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्