Kathmandu Press

फ्लोरिडामा अत्याधिक वर्षापछि नेपाली टिम वेस्टइन्डिज जान पाएन

तर, फ्लोरिकामा अत्याधिक वर्षपछि नेपाली टिम रोकिएको हो। खबरा मौसमका कारण हवाई उठान रद्द भएको छ। नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ।
फ्लोरिडामा अत्याधिक वर्षापछि नेपाली टिम वेस्टइन्डिज जान पाएन

काठमाडौं, जेठ ३१ : नेपाली क्रिकेट टिम फ्लोरिडामै रोकिएको छ। नेपाली टिम विश्वकपका बाँकी २ खेल खेल्न बुधबार नै वेस्टइन्डिज जानु पर्ने थियो।

तर, फ्लोरिकामा अत्याधिक वर्षपछि नेपाली टिम रोकिएको हो। खबरा मौसमका कारण हवाई उठान रद्द भएको छ। नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ।

अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरु रद्द भएका छन्। मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ।

जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन्। मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ।

वर्षाकै करण बुधबार बिहानका लागि तय भएको नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको थियो। दुवै टिमले अंक बाँडेका थिए।

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्