Kathmandu Press

न्युजिल्यान्डलाई हराउँदै वेस्टइन्डिज सुपर ८मा, न्यजिल्यान्ड बाहिरिने खतरा

बिहीबार बिहान तारौबामा भएको खेलमा न्युजिल्यान्डलाई १३ रनले हराउँदै वेस्टइन्डिज समूह सीबाट सुपर ८मा प्रवेश गरेको हो।
न्युजिल्यान्डलाई हराउँदै वेस्टइन्डिज सुपर ८मा, न्यजिल्यान्ड बाहिरिने खतरा

काठमडाैं, जेठ ३१ : आयोजक वेस्टइन्डिज टि–२० विश्वकपको सुपर ८मा प्रवेश गरेको छ। बिहीबार बिहान तारौबामा भएको खेलमा न्युजिल्यान्डलाई १३ रनले हराउँदै वेस्टइन्डिज समूह सीबाट सुपर ८मा प्रवेश गरेको हो।

यो उसको लागातार तेस्रो जित हो। यसअघि उसले युगान्डा र पपुवा न्युगिनीलाई हराएको थियो।

यता, लगातार दोस्रो हारसँगै न्युजिल्यान्डको सुुपर ८ सम्भावना भने कमजोर बनेको छ। अब उसलाई सुपर ८मा पुग्न बाँकी दुवै खेलमा फराकिलो अन्तरमा जित्नु पर्ने छ भने अफागनिस्तान बाँकी २ खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्ने छ।

Hardik ivf

वेस्टइन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ९ विकेटको क्षतिमा १४९ रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए। उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै, फिन एलनले २३ लबमा २६ रन बनाउँदा मिचेल सान्टनरले १२ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्यले भने राम्रो साथ दिन सकेनन्।

न्युजिल्यान्डलाई सस्तैमा रोक्ने क्रममा अल्जारी जोसेफले ४ ओभरमा १९ रन मात्र खर्चे ४ तथा गुडाकेश मोतीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ९ विकेटकै क्षतिमा १४९ रन बनायो। ११२–९को अवस्थााबाट सेरफान रथरफोर्डले एक्लेलै ३७ रन बनाएपछि वेस्टइन्डिजले सम्मानजनक योगफल बनाएको थियो।

रथरफोर्डले ३९ बलमा २ चौका र ६ छक्का मद्दतमा ६८ रन बनाए। उनी बाहेक निकोलस पुरनले १२ बलमा १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रन बनाए।

बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ तथा टिम साउदी र लकी फर्गुसनले समान २ विकेट लिए।

प्रकाशित मिति: १०:३९ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्