कांग्रेसले भन्यो- काठमाडौं प्रेसमाथिको साइबर हमला गर्नेलाई कारवाही होस्
काठमाडौं, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेसमाथिको हमला अस्वीकार्य भएको बताएको छ।
बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले &n....

काठमाडौं, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेसमाथिको हमला अस्वीकार्य भएको बताएको छ।
बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्रीलाई प्रेम पत्र’ लेख्दै प्रेसमाथिको हमला कदापी मान्य नहुने बताएका छन्। उनले प्रधानमन्त्रीकै निकटटस्थको साइबर अपराधलाई अनुसन्धान र कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
‘छापा माध्यम क्रमशः बन्द हुँदैछन्, व्यवसाय चौपट भएपछि रेडियो ,टिभी र अनलाइनपनि बिज्ञापन न्युनता हुँदै शून्यताको मारमा पर्नेछन्। श्रमजीवी पत्रकारको चुल्हो क्रमश लक्ड हुन सक्छ लकडाउन लम्बिए। राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्यो प्रधानमन्त्रीज्यू,’शर्माले भनेका छन्, ‘अनि काठमाडौं प्रेसमाथि प्रधानमन्त्रीकै निकटटस्थको साइबर अपराधलाई अनुसन्धान र कारबाहीको दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु।’
यस्तै, कांग्रेसले समाधान कोरौं समाधी नखनौं भन्दै स्वास्थ्य सामग्री खरिद अनियमतिताको विरोध समेत गरेको छ।
हेर्नुस् प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई लेखेको प्रेम पत्र :











