आजदेखि सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु गरिँदै
काठमाडौं, चैत २० : सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आज (बिहीबार) देखि थालेको छ । यसका लागि आवश्....

काठमाडौं, चैत २० : सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आज (बिहीबार) देखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वागमती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ। प्रवक्ता डा देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरणसहित सम्पूर्ण सामग्री पुगिसकेको छ। यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

