राष्ट्रपति पौडेल कतारमा
राष्ट्रपति पौडेलले आजै स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् भने बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन सम्बोधन गर्नेछन्। सोही दिन राष्ट्रपति आइएलओका महानिर्देशक गिल्बर्ट एफ होग्ङबासँग भेट गर्ने कार्यक्रम रहेको छ।
दोहा, जेठ ३० : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन्।
दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा राष्ट्रपति पौडेललाई नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल बुधबार जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलल जानकारी दिए।
राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घाटन सत्रमा प्रमुख वक्ताकारुपमा सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलले आजै स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् भने बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन सम्बोधन गर्नेछन्। सोही दिन राष्ट्रपति आइएलओका महानिर्देशक गिल्बर्ट एफ होग्ङबासँग भेट गर्ने कार्यक्रम रहेको छ।
स्वीटजरल्याण्डपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्। राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाईनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्।
त्यहाँ पनि औपचारिक भेटघाट र वार्ताको कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फिर्ता हुनेछन्।