पहिरोका कारण अरुण तेस्रोका १ मदुरको मृत्यु, २ जना घाइते
अविरल वर्षापछि मंगलबार रातिको खसेको पहिरोका कारण अरुण तेस्रोमा कार्यरत बर्दियाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्।
संखुवासभा, जेठ ३० : पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत आयोनजामा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा आएको पहिरोका कारण अन्य दुई जना मजदुर घाइते भएका छन्।
अविरल वर्षापछि मंगलबार रातिको खसेको पहिरोका कारण अरुण तेस्रोमा कार्यरत बर्दियाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्।
कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो। आयोजनाको कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएको बताएको छ।
प्रकाशित मिति: १०:४२ बजे, बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार