Kathmandu Press

काठमाडौंप्रेसको समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप: पत्रकार महासंघ

काठमाडौं, चैत २० : पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघले काठमाडौंप्रेस डटकमबाट गत मंगलबार प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्ष....

काठमाडौंप्रेसको समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप: पत्रकार महासंघ

काठमाडौं, चैत २० : पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघले काठमाडौंप्रेस डटकमबाट गत मंगलबार प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचार अनधिकृत रुपमा हटाएकोप्रति गम्भीर आपत्ति जनाएको छ । 

महासंघले प्रधानमन्त्री केपी ओलीको सचिवालयबाट प्रकाशित समाचार हटाउन दबाब दिनु र नमानेपछि अनधिकृत रुपमा हटाएको घटनाले प्रेस स्वतन्त्रतमा गम्भीर कुठराघात गरेको विहिबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ। 

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो ।’

महासंघले संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता भएको र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास हुने गरी भएको उक्त कार्य नेपाली पत्रकारीताका लागि गम्भीर थ्रेट भएको पनि जनाएको छ। 

महासंघले भनेको छ, ‘महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ । साथै, भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न महासंघ सरकारसँग माग गर्दछ ।’
 

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, चैत २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्