Kathmandu Press

समाचार डिलेट गर्ने कार्य साइबर अपराध हो, संलग्नमाथि कारवाही होस्ः प्रेस युनियन 

काठमाडौं, चैत २०ः नेपाल प्रेस युनियनले काठमाडौं प्रेस डटकममा प्रकाशित  ‘महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्....

समाचार डिलेट गर्ने कार्य साइबर अपराध हो, संलग्नमाथि कारवाही होस्ः प्रेस युनियन 

काठमाडौं, चैत २०ः नेपाल प्रेस युनियनले काठमाडौं प्रेस डटकममा प्रकाशित  ‘महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ समाचार सम्पादन समूहको जानकारी विना नै न्यूज पोर्टलबाट डिलिट गरिएको विषय प्रति आपत्ति जनाएको छ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले बिहीबार विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन्। युनियनले सम्पादन समुहको जानकारी विना नै समचार हटाइनु साइबर अपराध भएको भन्दै दोषी माथि कारवाहीको मागसमेत गरेका छन्। ‘समाचार संस्थालाई जानकारी नदिइ आफ्नो प्रभावमा रहेको परामर्शदाता कम्पनीलाई प्रभावमा पारेर समाचार डिलीट गर्ने कार्य साइबर अपराध हो। यो घटनाले एकातिर प्रधानमन्त्री कार्यालय आफूलाई चित्त नबुझेको हकमा कसरी तल्लोस्तरमा ओर्लिएर प्रस्तुत हुन्छ भन्ने समेत देखाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री कार्यालय प्रत्यक्ष संलग्न रहेको यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती सबैलाई झस्काएको छ। समाचारमा चित्त नबुझेको अवस्थामा त्यसकोविरुद्ध उपचार खोज्ने कानुनी व्यवस्था हुँदाहुँदै समाचार संस्थामाथि यस किसिमको आक्रमण खेदजनक छ।’

युनियनले साइबर अपराधमा उत्रने प्रधानमन्त्रीको सचिवालयको हर्कत गणतन्त्र नेपालको संविधानको मर्म र भावना विपरित एवं प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको विरोधी रहेको भन्दै प्रधानमन्त्री कार्यालयका जुनसुकै पद र ओहोदामा रहेका भएपनि उनीहरुलाई कारवाहीको दायरामा ल्याउन युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षणसमेत गराएको छ।

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, चैत २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्