कोरोनाले अमेरिकामा लियो डेढ महिने शिशुको ज्यान
काठमाडौं, चैत २० : कोरोना भाइरसले अमेरिकामा डेढ महिने शिशुको ज्यान लिएको छ। अहिलेसम्म कोरोनाबाट सबैभन्दा कम उमेरको ज्यान गएको याे नै हाे
अमे....

काठमाडौं, चैत २० : कोरोना भाइरसले अमेरिकामा डेढ महिने शिशुको ज्यान लिएको छ। अहिलेसम्म कोरोनाबाट सबैभन्दा कम उमेरको ज्यान गएको याे नै हाे
अमेरिकाको हार्डफोर्ड क्षेत्रका उनलाई एक साता अघि अस्पताल भर्ना गरिएको थियो। मंगलबार परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो।
उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अमेरिकाको कनेक्टिकट राज्यका गर्भनर नेड लामोन्टले जनाएका छन्। उनले ट्वीट गरेर ६ साताका शिशुको ज्यान गएको सार्वजनिक गरेका छन्।
गर्भरन लामोन्टले यो पीडादायी भएको जनाएका छन्। सम्भवतः अहिलेसम्म कोरोनाबाट सबैभन्दा कम उमेरको ज्यान गएको उनले उल्लेख गरेका छन्।
It is with heartbreaking sadness today that we can confirm the first pediatric fatality in Connecticut linked to #COVID19. A 6-week-old newborn from the Hartford area was brought unresponsive to a hospital late last week and could not be revived. (1/3)
— Governor Ned Lamont (@GovNedLamont) April 1, 2020
यस अघि कोरोनाबाट सिकागोमा नौ महिने बालकको ज्यान गएको थियो। चीनमा भने कोरोनाबाट बालबालिकाको ज्यान गएको थियो।
एक अध्ययनका अनुसार, चीनमा दुई हजार एक सय बालबालिकामा कोरोना संक्रमण भएको थियो। तर, उनीहरुमध्ये एक जनाको ज्यान गएको थियो। उनी १४ वर्षका थिए।
अमेरिकामा भएको शिशुको मृत्युले सबैलाई चकित पारेको छ। यस अघि कोरोनाबाट बालबालिका ज्यान नजाने विश्वास गरिएको थियो। विशेष गरेर दीर्घरोगी, बृद्धबृद्धालाई बढी असर गर्ने देखिएको थियो।
कोरोनाबाट चीनमा मृत्यु हुने अधिकांश ६० वर्षभन्दा माथिका थिए। चीनमा नौ वर्षमूनिका कसैको पनि मृत्यु भएको थिएन्।
अहिलेसम्म कोरोनाबाट संसारभर मृत्यु भएका ४७ हजार दुई सय ६० मा अधिकांश ६० वर्षभन्दा माथिका छन्। उनीहरुमा पनि दीर्घरोगी बढी रहेका छन्। बालबालिकाको संख्या एकदम न्यून छ।











