Kathmandu Press

चट्याङ लागेर दुई जनाको मृत्यु

धादिङ, चैत २० : उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। मृत्य....

चट्याङ लागेर दुई जनाको मृत्यु

धादिङ, चैत २० : उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन्। घर अगाडि कुखुराको खोर बनाइरहेका तामाङको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन्। थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ। चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
 
त्यस्तै,  रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो।

चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए। उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको थियो। चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ। 

अन्य घाइते हुनेमा वडा नं ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का रहेका छन् । सोही वडाका ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्कासमेत चट्याङ लागेर घाइते भएका छन्। घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेकोे छ।

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, चैत २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्