अनाधिकृतरुपमा समचार हटाइनु पिडादयक हो, कडा प्रतिवाद गरौंः पौडेल
काठमाडौं, चैत २०ः नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्रीका आइटी विज्ञद्वारा अनाधिकृतरुपमा समचार हटाइनु असह्य र पिडादायक भएको बताएका ....

काठमाडौं, चैत २०ः नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्रीका आइटी विज्ञद्वारा अनाधिकृतरुपमा समचार हटाइनु असह्य र पिडादायक भएको बताएका छन्। बुधबार काठमाडौं प्रेसको ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता ’ शिर्षकको समचार हटाइएपछि पौडेलले धारणा व्यक्त गरेका हुन्।
फेसबुकमा स्टाटस लेख्दै उनले कोरोना भाइरसका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले गरेको भन्दै पोल खुलेपछि सोही विषयमा लेखिएको समाचार हटाइएको भन्दै आपत्ति जनाएका छन्।
‘हामी यतिबेला मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकटग्रस्त अवस्थामा बाँचिरहेका छौं। तर, स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको छ,’ उनले भनेका छन्, ‘सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरेको छ। यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ। हिजोसम्म प्रम र स्वास्थ्यमन्त्री यसका बारेमा जवाफ दिन आवश्यक ठान्दैनथे। संकटको यो घडीमा सत्ताबाट गरिएका यी हर्कत असह्य र पिडादायी छन् । यस्तो विपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ? यस्तो अवस्थामा यसको कडा प्रतिवाद जरुरी छ।’









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

