असिनापानीले तरकारी र फलफूल बालीमा क्षति
पोखरा, चैत २० : पोखरा र आसपासको क्षेत्रमा बुधबार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुगेको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म....

पोखरा, चैत २० : पोखरा र आसपासको क्षेत्रमा बुधबार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुगेको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरीसहित परेको असिना पानीले लेखनाथ नगरपालिकाको केही स्थान र तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको हो।
असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका,लगायतका लहरे तरकारी बालीका बिरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पुर्याएको स्थानीय कृषक बताउँछन्।
पोखरा ७ घारीपाटनका ऋषिकेश आचार्यले असिना पानीले हिउँदेबाली नष्ट गरेको जानकारी दिए। उनकाअनुसार जस्ताका छानामा असिनाको थुप्रो लागेपछि सावेलको सहायताले असिना पन्छाइएको थियो।
त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा पनि क्षति पुगेको स्थानीय उमादेवी भट्टराईले जानकारी दिइन्। भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगाएतका लहरे वालीमा पनि असिनाले ठूलो क्षति पु¥याएको उनले बताइन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

