Kathmandu Press

काभ्रेमा थ्री बाई थ्री बास्केटबल

एक दिने प्रतियोगिता खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ आयोजना गरिएको हो।
काभ्रेमा थ्री बाई थ्री बास्केटबल

काभ्रे, जेठ २७ : काभ्रे बास्केटबल संघको अयोनजामा प्रथम अल नेपाल काभ्रे थ्री बाई थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।,

एक दिने प्रतियोगिता खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ आयोजना गरिएको हो।

२४ वटा टिम सहभागी प्रतियोगितामा डाउनटाउन टिम विजेता बन्यो भने ड्रिम टिम दोस्रो भयो । विजेताले २५ हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कारसँगै विभिन्न आकर्षक गिफ्ट भौचरहरू प्राप्त गरे।

dLxDzXI5-1717920471.jpg

कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, प्रशिक्षक र खेलाडीहरूलाई काभ्रे बास्केटबल संघले धन्यवाद दिएको छ। संघले विगतमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

कार्यक्रममा ज्ञानकुञ्ज शैशिक प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष सुरकृष्ण वैद्य, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जु, नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापा तथा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य उपस्थित थियो।

2MfIUUsA-1717920471.jpg

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, जेठ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्