कोरोनाले अमेरिकामा दुई लाख बिरामी, संसारभर नौ लाख
काठमाडौं, चैत २० : कोरोना भाइरसको संक्रमण बढ्ने क्रम अझै रोकिएको छैन। अमेरिकामा मात्रै दुई लाखभन्दा बढी बिरामी भएका छन भने संसारभर नौ लाखभन्दा बढीमा स....

काठमाडौं, चैत २० : कोरोना भाइरसको संक्रमण बढ्ने क्रम अझै रोकिएको छैन। अमेरिकामा मात्रै दुई लाखभन्दा बढी बिरामी भएका छन भने संसारभर नौ लाखभन्दा बढीमा संक्रमण देखिएको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, बिहीबार बिहानसम्म सबैभन्दा बढी अमेरिकामा कोरोनाको महामारी देखिएको छ। कोरोनाबाट अमेरिकामा दुई लाख १५ हजार तीन सय जना बिरामी भउका छन भने पाँच हजार एक सय १० जनाले ज्यान गुमाएका छन्।
अमेरिकामा गत २४ घन्टामा मात्र दुई सय ९७ जनाले ज्यान गुमाएका छन्। अझै पाँच हजारभन्दा बढी गम्भीर रहेका छन्। अहिलेसम्म आठ हजार आठ सय ७३ जना मात्रै निको भएर घर फर्केका छन्। अन्य दुई लाखभन्दा बढीको भने उपचार चलिरहेको छ।
अमेरिका पछि इटालीमा एक लाख १० हजार पाँच सय ७४ जना बिरामी परेका छन्। त्यसमध्ये १३ हजार एक सय ५५ जनाले ज्यान गुमाएका छन्। अझै चार हजार ३५ जना गम्भीर रहेका छन्।
यस्तै, स्पेनमा एक लाख चार हजार एक सय १८ जना बिरामी परेका छन्। जसमध्ये नौ हजार तीन सय ८७ जनाले ज्यान गुमाएका छन्। अझै पाँच हजार आठ सय ७२ जना गम्भीर रहेका छन्।
चीनमा भने कोरोना नियन्त्रणमा आएको छ। ८१ हजार पाँच सय ५४ जना बिरामीमध्ये तीन हजार तीन सय १२ जनाले ज्यान गुमाएका छन्। ७६ हजार दुई सय ३८ जना निको भएर घर फर्केका छन भने अहिले चीनमा दुई हजार चार जनाको उपचार भइरहेको छ।
कोरोनाविरुद्ध सबैभन्दा प्रभावकारी उपचार जर्मनीमा देखिएको छ। बिहीबारसम्म ७७ हजार नौ सय ८१ जना बिरामी छन भने नौ सय ३१ जनाले मात्रै ज्यान गुमाउनु परेको छ। १८ हजार तीन सय निको भएर घर फर्केका छन भने ५८ हजारको उपचार भइरहेको छ।
छिमेकी भारतमा पनि कोरोनाको संक्रमण तीव्र रुपमा फैलिदै गएको छ। गत २४ घन्टामा झन्डै थप तीन जनामा संक्रमण देखिएको छ। बिहीबारसम्म भारतमा कोरोनाका बिरामीको संख्या एक हजार नौ सय ९८ पुगेको छ। जसमध्ये ५८ जनाले ज्यान गुमाइसकेका छन्।
नेपालमा भने अझै नयाँ संक्रमण देखिएको छैन। कोरोना देखिएका पाँच जनामध्ये एक जना दुई महीना अघि नै निको भएका थिए भने चार जनाको उपचार भइरहेको छ।
बिहीबारसम्म संसारभर नौ लाख ३६ हजार ४५ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये ४७ हजार दुई सय ४५ जनाले ज्यान गुमाएका छन्। अझै ३५ जार ६ सय १० जना गम्भीर रहेका छन्।
आजसम्म एक लाख ९४ हजार पाँच सय ७६ जना निको भएका छन्। अन्यको भने उपचार चलिरहेको छ।











