कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो
काठमाडौं, चैत्र २० : विश्वभर फैलिएको कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४७ हजार नाघेको छ ।
आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ ....

काठमाडौं, चैत्र २० : विश्वभर फैलिएको कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४७ हजार नाघेको छ ।
आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २४५ पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार ९५७ मा देखिसकेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १३ हजार १५५ जनाको मृत्यु भएको छ । स्पेनमा ९ हजार ३८७ पुगेको छ भने अमेरिकामा ५ हजार १०९ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











