Kathmandu Press

श्रीलंकामाथि बंगलादेशको जित, दोस्रो हारसँगै श्रीलंकाको सुपर–८ सम्भावना कठीन

शनिबार बिहान डालासस्थित ग्रान्ड पेरी स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको जित निकाल्यो।
श्रीलंकामाथि बंगलादेशको जित, दोस्रो हारसँगै श्रीलंकाको सुपर–८ सम्भावना कठीन

काठमाडाैं, जेठ २६ : अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकपमा बंगलादेश विजयी सुरुआत गरेको छ। शनिबार बिहान डालासस्थित ग्रान्ड पेरी स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले १९औं ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो।

उसका लागि तोहिद हृदोएले सर्वाधिक ४० रन बनाए। उनले २० बलमा १ चौका र ४ छक्का प्रहार गरे। उनले वानिन्दु हसरंगाकालाई लागतार ३ छक्का प्रहार गरेका थिए।

Hardik ivf

यस्तै, लिटोन दासले ३८ बलमा २ चौक र १ छक्का प्रहार गर्दै ३६ रन बनाए भने ममदुल्लाह रियाजले १६ रन बनाए।

सामान्य योगफलमा बंगलादेशलाई दबाबमा राख्नेक्रममा नुवान तुसाराले ४ ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, हसरंगाले २ तथा धनन्जय डि सिल्भा र मिथिसा पथिरानाले समान १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनायो। अन्तिम ६ विकेटको २५ रन बनाउँदा गुमाएपछि श्रीलंका दबाबमा परेको थियो। ऊ ९९–३ को बलियो अवस्थाबाट १२४–९कोे अवस्थामा पुगेको थियो।

उसका लागि पाथुम निसान्काले सर्वाधिक ४७ रन बनाए। उनले २८ बलमा ७ चौका १ छक्का प्रहार गरे। धनन्जय डि सिल्भाले २१, चरिथा असलंकाले १९ र एन्जेलो म्याथ्युजले १६ रन बनाए।

बलिङमा बंगलादेशका लागि रिसाद हुसैन र मुसताफिजुर रहमानले समान ३ विकेट लिए। यस्तै, तस्किन अहमदले २ तथा तन्जिम हसन सकिबले १ विकेट लिए।

जितसँगै नेपाल पनि रहेको समूह डीमा बंगलादेशले २ अंक जोडेको छ । यता, लागतार दोस्रो हारसँगै श्रीलंकाको सुपर–८ पुग्ने सम्भावना कठीन बनेको छ। उ पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

प्रकाशित मिति: १०:४२ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्