Kathmandu Press

टि-२० विश्वकप : फारुकी र रसिद घातक बलिङ, अफगानिस्तानविरूद्ध न्युजिल्यान्ड ७५ रनमै अलआउट

वेस्टइन्डिजको प्रोभिडेन्समा भएको खेलमा फैजल फारुकी र कप्तान रसिद खानले घातक बलिङ गरेपछि न्युजिल्यान्ड अफगानिस्तानसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो।
टि-२० विश्वकप : फारुकी र रसिद घातक बलिङ, अफगानिस्तानविरूद्ध न्युजिल्यान्ड ७५ रनमै अलआउट

काठमाडाैं, जेठ २६ : अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकपको पहिलो खेलमा न्युजिल्यान्ड पराजित भएकोृ छ। वेस्टइन्डिजको प्रोभिडेन्समा भएको खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि न्युजिल्यान्ड अफगानिस्तानसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो।

१६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमै अलआउट भयो। यो जारी विश्वकपको सबैभन्दा कम योगफल हो। उसका ग्लेन फिलिप्स सर्वाधिक १८ रन बनाए भने म्याट हेनरीले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

Hardik ivf

न्युजिल्यान्डको इनिङ धरासायी बनाउने क्रममा फजलहक फारुकी र कप्तान रसिद खानले घातक बलिङ गरे। फारुकीले ३.२ असोभरमो १७ रन खर्चेर ४ तथा रसिदले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। फारुकीले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए। यस्तै, मोहम्मद नाबीले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले रमनुल्लाह गुर्बाजको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १५९ रन बनायो। अघिल्लो खेलमा पनि अर्धशतक बनाएका गुर्बाजले ५६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ८० रन बनाए।

उनले इब्रहिम जद्रानसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरआत दिलाएका थिए। जद्रानले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए। यस्तै, अज्मतुल्लाह ओमरजाइले १३ बलमा २२ रन बनाए।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्यान हेनरीले समान २ विकेट लिए।

समूह सीमा लागतार दोस्रो जित निकाल्दै अफगानिस्तान शीर्ष स्थानमा उक्लिएको छ। उसले पहिलो खेलमा युगान्डालाई हराएको थियो। यो समूहमा वेस्टइन्डिज र युगान्डा समान १ जितसहित दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: १०:०३ बजे, शनिबार, जेठ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्