कोरोना सतर्कता : जापानमा ७३ देशका नागरिकलाई प्रवेश निषेध
काठमाडौं, चैत्र २० : जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्....

काठमाडौं, चैत्र २० : जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताए ।
प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।
राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन् । अधिकारीहरुका अनुसार जापानमा अहिले सम्म कोरोना बाट संक्रमितको संख्या झन्डै तिन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।












