Kathmandu Press

स्वास्थ्य उपकरण खरिद विवादबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडाैं, चैत १९ :  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। 

प्रधानमन्त्रीको सरकारी न....

स्वास्थ्य उपकरण खरिद विवादबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
फाइल

काठमाडाैं, चैत १९ :  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो भएको भेटमा उनीहरूबीच स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारेमा छलफल भएको स्रोतले जनाएको छ।

भेटमा प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले मेडिकल सामग्री ल्याउँदा भएको अनियमितताबारे जवाफ मागेको स्रोतले बताएको छ। दुई अध्यक्षबीचको छलफल भएपछि सरकारले सरकारले ओम्नी समूहसँगको औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको थियो।

चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको चर्को भएको थियो। 

त्यस्तै, भेटमा अध्यक्ष प्रचण्डले दार्चुलालगायत भारतीय सीमामा रहेका नेपालीहरुको समस्याबारे पनि तत्काल निर्णय लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। 

दुई अध्यक्षबीचको भेटमा विपन्न किसान तथा मजदुरलाई राहत प्याकेज र व्यवस्थापनका विषयमा पनि छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: २०:२७ बजे, बुधबार, चैत १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्