Kathmandu Press

सुपर ओभरमा पाकिस्तानमाथि अमेरिकाको सानदार जित

डालासमा बिहीबार राति भएको राेमाञ्चक खेलमा अमेरिकाले टेस्ट राष्ट्र तथा अघिल्लो विश्वकपको फाइनलिस्ट पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो।
सुपर ओभरमा पाकिस्तानमाथि अमेरिकाको सानदार जित

काठमाडाैं, जेठ २५ : पहिलो पटक टि-२० विश्वकप खेलिरहेको आयोजक अमेरिकाले पाकिस्तानमाथि सानदार जित निकालेको छ। डालासमा बिहीबार राति भएको राेमाञ्चक खेलमा अमेरिकाले टेस्ट राष्ट्र तथा अघिल्लो विश्वकपको फाइनलिस्ट पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो।

टि-२० विश्वकपमा एसोसिएट राष्ट्रले फुलमेम्बर टिमलाई पराजित गरेको १४औं पटक हो। टि२० अन्तर्राष्ट्रियमा पाकिस्तान र अमेरिका भिडेको यो पहिलो अवसर हो।

यो जितसँगै अमेरिका प्रतियोगितामा लागतार दोस्रो जित निकालेको छ। पहिलो खेलमा उसले क्यानडालाई हराएको थियो। योसँगै अमेरिका भारत र पाकिस्तान रहेका समूहको शीर्ष स्थानमा उक्लिएको छ।

Hardik ivf

अब उसले भारत र आयरल्यान्डसँग खेल्न बाँकी छ। यी दुई मध्ये १ खेलमा जित निकाले अमेरिका सुपर ८मा पुग्ने छ।

निर्धारित ओभरमा दुवै टिमले १५९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिला १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ रन मात्र बनाउन सक्यो। सुपर ओभरमा अमेरिकाका सौरभ नेत्रवाल्करले उत्कृष्ट बलिङ गरे।

यता, अनुभवी पाकिस्तानी बलर मोहम्मद आमिरको ओभरमा अमेरिकाले १८ रन बनाएको थियो। अमेरिकले ब्याटबाट १० रन बनाएको थियो भने ८ रन अतिरिक्त पाएको थियो। अमेरिकाले ३ वाइड बलमा दौडेर ५ रन बनाएको थियो।

त्यसअघि १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १५९ रन नै बनायो। अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा नितिश कुमार चौका प्रहार गरेपछि खेल सुपर ओभरमा गएको थियो।

अमेरिकाका बलियो पाकिस्तानविरुद्ध उत्कृष्ट सुरुआत गरको थियो। उसका लागि कप्तान मोनांक पटेल र स्टेभन टेलरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए। टेलरले १२ रन बनाए।

त्यसपछि मोनांकले दोस्रो विकेटका लागि आद्रियस गोससँग ६८ रनको महत्वपूर्ण साझेदारी गरे। गोसले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। त्यसपछि लगत्तै मोनाकं पनि ५० रनमा आउट भएपछि अमेरिका केही दबाबमा आएको थियो। उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

तर, चौथो विकेटका लागि नितिश र आरोन जोन्सले नटआट ४८ रनको साझेदारी गर्दै खेललाई सुपर ओभरमा लगेका थिए। जोन्स २६ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३६ रन बनाए भने नितिशले १४ बलमा १४ रन बनाए।

बलिङमा पाकिस्तानका आमिर, नसिम साह र ह्यारिस रउफले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनायो। उसका लागि कप्तान बाबर अजामले ४३ बलमा ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए। यस्तै, सादब खानले २५ बलमा १ चौका र ३ छक्का मद्दतमा ४० रन बनाए।

२६-३को अवस्थाबाट बाबर र सादबले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै पाकिस्तानलाई प्रतिस्पर्धात्मक योगफलतर्फ लगेका थिए।

त्यसपछि साहिन साह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्का मद्दतमा २३ रन बनाउँदा इफ्तिखर अहमदले १८ र फखर जमानले ११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पाकिस्तानलाई मध्यम योगफलमा रोक्ने क्रममा अमेरिकाका नोस्थुस केन्जिगले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने नेत्रवाल्करले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए।

प्रकाशित मिति: ०६:५० बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्