Kathmandu Press

ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं, जेठ २४ः कास्कीको अन्नपूर्ण गाउँपालिकामा ट्रकको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब १ः५० बजे अन्नपूर्ण–१ को नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्री स्थानीय ७० वर्षीय दुर्गाप्रसाद दाहाललाई ठक्कर दिएको थियो। गम्भीर घाइते दाहालको पोखराको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

Hardik ivf

ट्रक तथा ट्रकचालक धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३५ वर्षीय लेखबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको शर्माले जानकारी दिए।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, जेठ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्