Kathmandu Press

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो 

काठमाडौं, चैत १९ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। 

निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रो....

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो 
फाइल

काठमाडौं, चैत १९ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। 

निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ। 

अब पेट्रोलको प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेल ८५ रुपैयाँ प्रतिलिटरमा पर्नेछ।  यसअघि पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर थियो।
 

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, चैत १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्