स्वास्थ्यमन्त्री ढकालविरुद्ध सांसद पाैडेलले हाले अख्तियारमा उजुरी
काठमाडौं, चैत १९ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
चीनबाट स्वास्थ्....

काठमाडौं, चैत १९ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
चीनबाट स्वास्थ्य उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै विवेकशील नेपाली दलका बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा अनलाइन उजुरी दर्ता गरेका हुन्।
प्रदेशसभा सदस्य पौडेलले स्वास्थ्यमन्त्री ढकालले बजार मूल्यभन्दा महँगोमा चीनबाट मेडिकल सामग्री खरिद गरी अनियमितता गरेको आरोप लगाएका छन्।
उनले स्वास्थ्य उपकरण खरिद गर्दा टेन्डर नै रद्द गरेर सेटिङमा ओम्नी समूहसँग सम्झौता गरेको पनि आरोप लगाएका छन्।
प्रकाशित मिति: १९:०१ बजे, बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











