Kathmandu Press

कर्णालीमा श्रमाधान रोजगार मेलाको तयारी पूरा

‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले भने।
कर्णालीमा श्रमाधान रोजगार मेलाको तयारी पूरा

सुर्खेत, जेठ २४ : कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा मेला सुरु हुँदैछ।

मेलाको बिषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए।

Hardik ivf

‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने।

नेपाल चेम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए।

श्रम कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पुरा भएको बताए। हालसम्म मेलामा ४० वटा नीजि क्षेत्रका स्टलहरु रहने छन्। जसमध्ये ३४ वटा स्टलहरु बुक भै सकेको उनले बताए। बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए।

मेला विहान १० बजे श्रमदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। मेलाको रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने उनले जानकारी दिए।  

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन्।

 

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्