Kathmandu Press

लकडाउनले भान्जाको अन्तिम संस्कारमा जान पाएनन् सलमान

काठमाडौं, चैत १९ : बलिउड अभिनेता सलमान खानले लकडाउनका कारण आफ्नो भान्जा अब्दुला खानको अन्तिम संस्कारमा जान नपाएकाे जनाएका छन्।

भारतमा ....

लकडाउनले भान्जाको अन्तिम संस्कारमा जान पाएनन् सलमान
फाइल फाेटाे

काठमाडौं, चैत १९ : बलिउड अभिनेता सलमान खानले लकडाउनका कारण आफ्नो भान्जा अब्दुला खानको अन्तिम संस्कारमा जान नपाएकाे जनाएका छन्।

भारतमा २१ दिने लकडाउन जारी छ। लकडाउनको घोषणा गरिएसँगै उनी घरमै बसिरहेका छन्।

भान्जाको अन्तिम संस्कारमा जान नपाएको सल्मानले दुःख व्यक्त गरेका छन्। भान्जाको मृत्युको खबरले साह्रै दुःखी भएको उनले जनाएका छन।

Hardik ivf

भारतीय मिडियाका अनुसार सलमान अहिले पनवेलस्थित फार्महाउसमा परिवारसँगै बसिरहेका छन्। उनका भान्जा अब्दुला इन्दौरमा थिए। ३८ वर्षीय अब्दुलाको इन्दौरमै अन्तिम संस्कार गरिँदै छ।

अब्दुल्लाको निधनलाई लिएर सलमानले इन्स्टाग्राममा फोटो राखेका छन्। दुवै जना भएको फोटो राखेर 'विल अलवेज लभ यू' मात्रै लेखेका छन।

अब्दुला मुम्बईमा बिजनेस गर्दै आएका थिए। उनी फिटनेसमा साह्रै ध्यान राख्ने गरेका थिए। उनको फोक्सोमा संक्रमण भएको थियो। त्यससँगै हृदयघात भएको जनाएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Will always love you...

A post shared by Salman Khan (@beingsalmankhan) on

 

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्