Kathmandu Press

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, चैत १९ : कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेका सामानमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुर....

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, चैत १९ : कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेका सामानमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

बुधबार विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। उनले बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरेको आरोप लगाएका छन्।

उजुरीमा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको जिकिर गरेका छन्। उनले तत्कालन छानबिन गरि कारबाही गर्न माग गरेका छन्।

कोरोना भाइरसको परीक्षणका लागि सरकराले चीनबाट ७५ हजार वटा र्‍यापिड टेस्टिङ किट ल्याएको थियो। ति किट विश्व स्वास्थ्य संगठनले तोकेको गुणस्तरको नभएको र मान्यता नदिएको थाहा भएपछि प्रयोग गरिएका छैनन्।

त्यस्तै, सरकारले अन्य सामग्री पनि चीनबाट ल्याएको थियो। फेरि थप सामग्री ल्याउने नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ।

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्