विश्वकप छनोटमा नेपालले युएईसँग खेल्दै
समूह एचमा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियम हुनेछ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।काठमाडाैं, जेठ २४ : २०२६को फिफा विश्वकपको एसियन छनोटअन्तर्गत दोस्रो चरणमा नोपलले आज युएईको समाना गर्दै छ।
समूह एचमा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियम हुनेछ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
यो खेल नेपालले घरेलु मैदानमै खेल्नुपर्ने थियो। तर, एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला खेल्न योग्य नभएपछि एएफसीले खेल साउदीमा सारेको हो। यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो।
फिफा वरीयतामा युएई ६७औं र नेपाल १७८औं स्थानमा छन्। नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले युएईविरुद्ध राम्रो खेल्ने बताएका छन्। ‘युएई समूहकै बलियो टोली हो । हामी युएईलाई रोक्ने प्रयास गर्छौँ,’ भिसेन्जोले भने ।
नेपालका कप्तान किरणकुमार लिम्बूले तयारी राम्रो भएकाले युएईलाई रोक्ने बताए। तर, पहिलो लेगमा ४–०ले पराजित भएकाले समूहकै बलियो टिम युएईलाई रोक्नु नेपालका लागि त्यति सहज छैन।
नेपाली टोलीमा नियमित खेलाडी अञ्जन विष्ट छैनन् प्रशिक्षक भिसेन्जोले एरिक विष्टलाई समावेश गरेका छैनन् । बहराइन, मलेसिया र इंग्ल्यान्डविरुद्ध नखेलेका आयुशा घलानलाई टोलीमा राखिएको छ। अनन्त तामाङले लामो समयपछि पुनरागमन गरेका छन्।
नेपालले पहिलो चरणमा समग्रमा लाओसलाई २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको हो । पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएईका खेलाडी शारीरिक, प्राविधिक र मानसिक रूपमा बलिया देखिन्छन्। युएईका खेलाडीसँग एएफसी च्याम्पियन्स लिग खेलेको अनुभव ।
नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेलनजिक छन् । युएईसँग खेल्दा उनको ९९ ‘क्याप’ हुनेछ । पाँच दिनपछि मंगलबार यमनसँग दमाममा खेल्दा उनले सय खेल पूरा गर्नेछन्।
किरणले २४ मे २००८ मा डेब्यु गरेका थिए । एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध पहिलोपटक खेलेका थिए । उनी पूर्वखेलाडी राजुकाजी शाक्य र विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक खेल खेल्ने खेलाडी बनेका थिए।