जनमोर्चाले भन्यो- सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गरियोस्
काठमाडौं, चैत १९ : राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएक....

काठमाडौं, चैत १९ : राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ।
मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरी सीमामा ठूलो सङ्ख्यामा भारतका विभिन्न स्थानबाट आएका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले विश्व स्वास्थ्य सङ्गठन व्यवस्थाअनुसार कोरोना भाइरसको रोकथामका लागि विदेशी नागरिकलाई सम्बन्धित देशले नै व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
“भारत मात्र होइन, संसारका सबै देशमा भएका नेपालीको समुचित व्यवस्था भएको छ कि छैन ? त्यसबारे आवश्यक ध्यान दिनका लागि हामीले सरकारसित अनुरोध गर्दछौँ,” अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, “भारतीय सीमाहरुमा रोकिएर बसेका नेपालीको समुचित व्यवस्था र समस्या समाधानका लागि पनि आवश्यक ध्यान दिन हामी सरकारसँग अनुरोध गर्दछौँ।” रासस









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

